नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

थापाले दिएको राजीनामा पत्र भने सार्वजनिक गरिएको छैन ।

कांग्रेसले यही चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । बैठकअघि थापाले राजीनामा दिएका हुन् ।

गएको पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट थापा पार्टी सभापति बनेका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update