नेपाल न्युज प्वाइन्ट डटकम
मन्त्री बन्न मिडिया ट्रायल नगर्न सांसदहरुलाई रवि लामिछानेको निर्देशन

काठमाडौं : रास्वपा सभापति रवि लामिछानेले मन्त्री बन्न मिडिया ट्रायल नगर्न आफ्ना सांसद्हरुलाई आग्रह गरेका छन् । नवनिर्वाचित सांसदहरुका लागि राखिएको दुई दिने अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले अहिलेसम्म मन्त्रिपरिषद्मा पठाउने मन्त्रीबारे कुनै निर्णय नभएको दाबी गरे । 

‘मन्त्री बन्न मिडिया ट्रायल नगर्नुस् । पार्टीले वरिपरि देखिइरहने मात्र हैन, छेलिएका साथीहरुलाई पनि देखेको छ’ सभापति लामिछानेले भने, ‘कसको के विज्ञता छ त्यो पनि थाहा छ । यही हलमै भएका साथीबाट मन्त्री हुने हो । तर, क्याबिनेटमा कसलाई पठाउने निर्णय भएको छैन ।’ 

सांसदहरुलाई स्वतन्त्रतासँगै अनुशासनमा ध्यान दिन पनि उनले आग्रह गरे । मिडियामा जथाभावी नबोल्न र हल्काफुल्का ढंगले प्रस्तुत नहुन निर्देशन दिँदै सभापति लामिछानेले भने, ‘हाम्रो विधानमा राईट टु रिकल छ भन्ने नभुल्नुहोला । त्यस्तो स्थिति आएमा संख्या घट्ला, दुई तिहाई नपुग्ला भनेर रोकिनेवाला छैन ।’ 

अर्को चुनावमा भोट माग्न जानु नपर्नेगरी काम गर्न आफ्ना सांसद्हरुलाई आग्रह गरे । 

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update