समानुपातिक सांसदको टुंगो लगाउन कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठक आइतबार दिउँसो १ बजे बस्नेछ।
बैठकमा समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउने कार्यसूची छ।
निर्वाचन आयोगले आइतबार भित्र समानुपातिक उम्मेदवारको नाम बुझाउन आइतबारसम्मको समय दिएको छ।
प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२ १९:५५
प्रतिक्रिया दिनुहोस्



