नेपाल न्युज प्वाइन्ट डटकम
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचनको मत बदर प्रतिशत पछिल्ला पाँच निर्वाचनको तुलनामा घटेको छ ।

निर्वाचन आयोगका अनुसार यस पटक प्रत्यक्ष र समानुपातिक मतदान मिलाएर औसत ४.७ प्रतिशत मत बदर भएको आयोगको तथ्यांक छ । अघिल्लो निर्वाचन २०७९ सालमा यो प्रतिशत ५.०५ थियो भने २०७४ सालको निर्वाचनमा सबैभन्दा बढी ५.१८ प्रतिशत मत बदर भएको थियो ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ मत बदर समानुपातिकभन्दा बढी देखिएको छ। प्रत्यक्ष मतदानमा ६ लाख ९ हजार १५ मत बदर भएका छन्, जुन ५.४५ प्रतिशत हो । समानुपातिकतर्फ भने ४ लाख ४५ हजार ५९२ मत बदर भएका थिए, जसको प्रतिशत ३.९५ रहेको छ ।

समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ र प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मतदाता मतदानमा सहभागी भएका थिए । यस निर्वाचनमा कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ रहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update