नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रिय सभाका नवनिर्वाचित सांसदले लिए शपथ

काठमाडौं : राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले शपथ लिएका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन् ।

माघ ११ गते भएको निर्वाचनमा १८ जना नयाँ सांसद चुनिएका थिए ।

कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भएका थिए ।

मधेश प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रन्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए ।

बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका थिए ।

कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update