नेपाल न्युज प्वाइन्ट डटकम
गोरखा–१ मा रास्वपाका सुधन गुरुङको सुरुवाती अग्रता

गोरखाः प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् । सुरुवाती १९९ मतगणना हुँदा गुरुङले ९० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का रामचन्द्र लामिछानेले सात मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update