प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।
प्रचण्ड १० हजार २४० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।
नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ १८:५१
प्रतिक्रिया दिनुहोस्



