काठमाडौं-६ बाट शिशिर खनाल विजयी
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाल २७ हजार ७११ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाए । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत ल्याए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ १८:११
प्रतिक्रिया दिनुहोस्



