झापामा अवतरण नगरी किन काठमाडौं फर्कियो बालेन चढेको हेलिकप्टर ?
काठमाडौं : झापाका लागि उडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह चढेको हेलिकप्टर काठमाडौं फर्किएको छ ।
शाह झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार हुन् ।
हेलि एभरेष्टका प्रदीप गौतमका अनसार हेलिकप्टर उडेर ५२ नटिकल माइल पर पुगेपछि फर्काइएको थियो ।
५२ माइल टाढा पुगेपछि बालेनले नै काठमाडौं फर्कौं भनेपछि हेलिकप्टर फर्काइएको उनले बताए ।
उनले हेलिकप्टर फर्कनुका पछाडि प्राविधिक कारण नभएको बताए ।
शाहका निकट सहयोगी सुरेन्द्र बजगाईंले हेलिकप्टर चढ्ने अनुमति प्राप्त भए पनि सुरक्षाका कारण काठमाडौं फर्किएको बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १२:२३
प्रतिक्रिया दिनुहोस्



