दोलखामा मतपत्र लुटेपछि बुथ एजेन्ट प्रहरीको नियन्त्रणमा
दोलखा : दोलखामा मतपत्र र स्वस्तिक छाप लुटेपछि प्रहरीले केही बुथ एजेन्टलाई नियन्त्रणमा लिएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ गोलेश्वर मावि मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको सहायक जिल्ला प्रमुख अधिकारी औलाखबहादुर आलेले जानकारी दिए ।
उनकाअनुसार बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र र स्वस्तिक छाप लुटेका थिए ।
यसअघि सोही ठाउँमा खटिएका कर्मचारीमाथि हातपात भएको थियो भने प्रहरीले हवाई फायरसमेत गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १२:१९
प्रतिक्रिया दिनुहोस्



