नेपाल न्युज प्वाइन्ट डटकम
धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्म्देवारी खारेज भएको छ । 

निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज भएको हो । 

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ ।

यो क्षेत्रमा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update