नेपाल न्युज प्वाइन्ट डटकम
चुनावमा ३ दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं : निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । 

आयोगले आइतबार सरकारलाई पत्र लेखेर चुनावमा ३ दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचनमा मतदाताकाे उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयाेगले नेपाल सरकारलाई सिफारिस गरेकाे उनले बताए ।

अघिल्ला चुनावमा सरकारले मतदानको दिनमात्रै सार्वजनिक बिदा दिने गरेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update