नेपाल न्युज प्वाइन्ट डटकम
रास्वपा परित्याग गरेकी ममता शर्मा कांग्रेस प्रवेश

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

बुधबार पार्टीले धनुषामा आयोजित प्रतिज्ञा सभामार्फत उनी कांग्रेसमा प्रवेश गरेकी हुन् । शर्मालाई पार्टी सभापति गगनकुमार थापाले खादा लगाएर पार्टीमा स्वागत गरे ।

प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले रास्वपा पुरानो कांग्रेस भइसकेको टिप्पणी गरिन् । उनले विशेष महाधिवेशनबाट आएको नेतृत्व र नीतिको आधारमा कांग्रेस नयाँ र थप सुदृढ भएर आएको जिकिर गरिन् । 

उनले अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार चयनमा आर्थिक चलखेल भएको भन्दै बुधबार बिहान मात्रै साधारण सदस्य समेत नरहनेगरी रास्वपा परित्याग गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update