नेपाल न्युज प्वाइन्ट डटकम
आगन्तुकजस्तो देखिए पनि मधेशी परिवारको अंग हुँ : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले मधेशी परिवारको अंग बन्ने क्रम सुरु भइसकेको बताएका छन् ।

शनिबार सर्लाही–४ रामनगरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले चुनाव लड्न मधेश झर्दा आगन्तुकजस्तो देखिए पनि अहिले मधेशी परिवारको अंग भएको बताएका हुन् ।

उनले भने, ‘म यहाँ आउँदै गर्दाखेरी आगन्तुकजस्तो भएर आएको छु । गाउँ नयाँ, ठाउँ नयाँ, धेरै कुरा नयाँ छ । पहिरन नयाँ, खाना नयाँ । तर यो मेरो र म यो परिवारको अंग बन्ने क्रम सुरु भइसक्यो ।’ सभापति थापाले भने ।

निर्वाचन नै जित्ने कुरामा आफ्ना लागि काठमाडौंबाट सर्लाही आउनै नपर्ने अवस्था रहेको उनले दोहोर्‍याए । ‘म सभापति भइसकेपछि त्यहाँ अनुकुलता नै अनुकुलता थिए । तर, म यहाँ केही नयाँ सोच ल्याएर आएको हुँ,’ उनले भने । कांग्रेसको सभापति भएपछि मधेशबाटै जितेर आउनुपर्ने आवश्यकता महशुस भएकाले मधेश झरेको उनले बताए ।

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update