नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसले निर्वाचनका लागि प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ प्रतिज्ञापत्र यही फागुन ३ गते सार्वजनिक गर्ने भएको छ । 

यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो प्रतिज्ञापत्र फागुन ३ गते दिउँसो २ बजे सार्वजनिक गर्ने जनाएको छ ।

प्रवक्ता देवराज चालिसेले प्रतिज्ञापत्र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सार्वजनिक गरिने जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update