फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी कांग्रेसले मात्रै गर्न सक्छ : सभापति थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी कांग्रेसले मात्रै गर्नसक्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भदौ २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी नेपाली कांग्रेसले गर्ने जिकिर गरेका हुन् ।
सभापति थापाले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर कांग्रेसले निर्वाचन पछि देश विकासको नयाँ अध्याय शुरु गर्ने समेत बताए । उनले कांग्रेसले देशलाई सम्हाल्ने कामको नेतृत्व गर्न चाहेको समेत बताए ।
सभापति थापाले देशलाई बदल्नका लागि आम नागरिकलाई भरोसा जगाउने काममा आफ्नो पार्टी लाग्ने पनि बताए ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०८२ १९:३०
प्रतिक्रिया दिनुहोस्



