नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस अब सत्ताका लागि जोसँग पनि मिल्दैन : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब सत्ताका लागि जोसँग पनि नमिल्ने बताएका छन्।

बुधबार भिडिओ सन्देश जारी गर्दै विगतका कमिकमजोरीको समीक्षा गर्दै कांग्रेस बदलिएको बताए। कांग्रेसलाई बदल्न धेरै मेहेनत गर्नु परेको उनको भनाइ छ। उनले भनेका छन्, ‘सजिलो थिएन तर, यो गर्नेपर्ने थियो। हामी अहिले कांग्रेसलाई बदलेर आएका छौँ।’

कांग्रेस बदलिएको मतलब अनुहार मात्रै नफेरिएको उनको जिकिर छ। ‘यो पुरानो कांग्रेस होइन नयाँ, बदलिएको कांग्रेस हो। बदलिएको भनेको एउटा अनुहार, नेतृत्वको अनुहार मात्र बदलिएको होइन,’ थापाले भनेका छन्।

अब बदलिएको कांग्रेसले सत्ताका लागि जोसँग पनि नमिल्ने उनको भनाइ छ। ‘बदलिएको नेपाली कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिल्यै पनि राख्दैन। सिद्धान्तसँग सम्झौता गर्नुपरे बरू यसले छाड्छ। जे छाड्न परे त्यो छाड्छ। सत्तामा पुग्न र सत्ता टिकाउनका लागि जे पनि गर्ने र जोसँग पनि मिल्ने यसले गर्दैन’,’ थापाले भनेका छन्।

बरु सरकार बाहिर बस्ने तर सम्झौता नगर्ने उनले बताएका छन्। कांग्रेस स्थापना गर्दा अंगालेका नीतिमा पार्टीलाई फर्काउने उनको भनाइ छ। ‘पार्टी भनेको चुनाव मेसिनजस्तो चुनाव लड्ने मात्र होइन। हाम्रा संस्थापकहरूले पार्टी स्थापना गर्दा पार्टी भनेको सामाजिक आन्दोलन हो भन्ने सोच्नुभयो, हामी फेरि कांग्रेसलाई त्यही ट्र्याकमा ल्याउँछौँ,’ उनले भने।

बदलिएको कांग्रेस भनेको पुरानासँग अलग भएको भन्ने अर्थ नलगाउन पनि उनले आग्रह गरेका छन्। ‘हिजोको सबै नेताहरू खराब हुन् भन्ने होइन। बदलिएको भनेको हामी नयाँ सोचका साथ आएका छौँ, नयाँ भन्नुको मतलब पुरानासँग सम्बन्धविच्छेद भएको भन्ने पटक्कै होइन’, उनले भनेका

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update