नेपाल न्युज प्वाइन्ट डटकम
आसन्न निर्वाचनमा करिब ३२ अर्ब खर्च हुने सरकारको अनुमान

काठमाडौंः अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३२ अर्ब खर्च हुने अनुमान रहेको बताएकी छन् । उनले मंगलबार नवलपरासीको कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रमपश्चात् बोल्दै यस्तो बताएकी हुन् । 

उनले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने बताइन्। हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भएपनि निर्वाचन गराउने उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update