नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रिय सभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशलगायत तीन अध्यादेश, २०८२ सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली अध्यादेशसहित प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृतका लागि प्रस्तुत गरेका थिए । प्रस्तावलाई अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।

सभाको अर्काे बैठक यही माघ २३ गते शुक्रबार १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update