नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधिः विश्वप्रकाश शर्मा

काठमाडौंः नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन् ।

काठमाडौंमा बिहीवार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले प्रधानमन्त्रीका उम्मेदवारहरु कोही भदौ २३ र कोही भदौ २४ का रहेको भन्दै कांग्रेसको उम्मेदवार माघ १ को रहेको जिकिर गरे ।

उनले सबै कुराको आत्मालोचना गरेर कांग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको बताए । उपसभापति शर्माले सद्भाव, सुशासन र समन्नुत अहिलेको मुख्य मुद्दा भएको उनको भनाइ छ । उनले अहिले नेपाली समाजलाई सबैभन्दा बढी चाहिएको कुरा सद्भाव भएको बताए । निर्वाचनमा उपसभापति शर्माले कांग्रेस अब देश परिवर्तनका निम्ति आत्मालोचनासहित अघि बढिरहेको बताए । 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update