निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
काठमाडौँ : आगामी प्रतिनिधि सभा निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा निर्वाचन आयोग र गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच औपचारिक संवाद भएको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालबीच फागुन २१ गते तोकिएको निर्वाचनलाई लक्षित गर्दै आवश्यक तयारीबारे छलफल भएको हो ।
बैठकमा निर्वाचन प्रक्रियालाई प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक प्रशासनिक तथा सुरक्षा पक्षका विषयहरूमा विचार-विमर्श गरिएको जनाइएको छ ।
सो अवसरमा निर्वाचन आयुक्तहरू जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत तथा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठसहित सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२ १३:१७
प्रतिक्रिया दिनुहोस्



