नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रिय सभामा कांग्रेस पहिलो दल

काठमाडौं : आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनपछि नेपाली कांग्रेस राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल बनेको छ । कांग्रेसका तर्फबाट ९ जना उम्मेदवार निर्वाचित भएसँगै पार्टीको सिट संख्या २५ पुगेको छ र यससँगै कांग्रेस पहिलो दलको हैसियतमा उक्लिएको हो ।

यसअघि कांग्रेससँग १६ सिट थियो । निर्वाचनबाट थपिएका ९ सिटसँगै कांग्रेसको उपस्थिति उल्लेखनीय रूपमा बढेको हो । फागुन २० गतेदेखि राष्ट्रिय सभामा दलहरूको औपचारिक हैसियत परिवर्तन हुने छ ।

कांग्रेसले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग चुनावी तालमेल गरेर १८ मध्ये ९ सिट आफ्नो पक्षमा पारेको हो । नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवारी दर्ता नगरेपछि कांग्रेसका सुनिलबहादुर थापा एक सिटमा निर्विरोध निर्वाचित भएका थिए । बाँकी १७ सिटका लागि भएको निर्वाचनमा गठबन्धनका सबै उम्मेदवार विजयी भए ।

नतिजाअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट प्राप्त गरेका छन् ।

यस निर्वाचनपछि नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभामा १८ सिटसहित दोस्रो दलमा झरेको छ । एमाले भने ११ सिटसहित तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय जनमोर्चाका एक मात्र सांसद राष्ट्रिय सभामा कायम रहेका छन् । जसपा नेपालका ३ सांसद छन् ।

राष्ट्रिय सभामा कुल ५९ सदस्य रहने व्यवस्था छ । जसमध्ये ३ जना राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत गर्ने प्रावधान छ । चक्रिय प्रणालीअनुसार सदस्यको कार्यकाल ६ वर्षको हुन्छ ।

सांसद बलदेव बोहोराको निधनपछि एक स्थान रिक्त रहेकाले सो स्थानमा पुनः निर्वाचन गर्नुपर्नेछ । साथै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट थप एक सांसद मनोनीत हुन बाँकी छ ।

को-को भए निर्वाचित ?

कोशी प्रदेश

सुनिलबहादुर थापा निर्विरोध निर्वाचित, नेपाली कांग्रेस

रोशनी मेचे, नेकपा एमाले

सोमनाथ पोर्तेल, नेकपा एमाले

मधेश प्रदेश

धमेन्द्र पासवान, नेपाली कांग्रेस

रञ्जित कर्ण, नेपाली कांग्रेस

महन्थ ठाकुर, लोसपा

रेखाकुमारी झा, नेकपा एमाले

बागमती प्रदेश

गीता देवकोटा, नेपाली कांग्रेस

प्रेमप्रसाद दंगाल

गण्डकी प्रदेश

सम्झना देवकोटा, नेकपा एमाले

जगत तिमिल्सिना, नेपाली कांग्रेस

लुम्बिनी प्रदेश

बासुदेव जंगली, नेपाली कांग्रेस

चन्द्रबहादुर केसी, नेपाली कांग्रेस

रामकुमारी झाक्री, नेकपा एमाले

कर्णाली प्रदेश

ललितजंग शाही, नेपाली कांग्रेस

मीनासिंह रखाल, नेकपा एमाले

सुदूरपश्चिम प्रदेश

लीलाकुमारी भण्डारी, नेकपा एमाले

खम्मबहादुर खाती, नेपाली कांग्रेस

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update