राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट झाँक्री, घिमिरे र केसी विजयी
काठमाडौं : राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट नेकपा एमालेकी रामकुमारी झाँक्री, कांग्रेसका बासुदेव घिमिरे 'जंगली' र कांग्रेसका चन्द्रबहादुर केसी निर्वाचित भएका छन् ।
लुम्बिनीका तीन वटै सदस्य कांग्रेस-एमाले-जसपा गठबन्धनले जितेको हो ।
महिलातर्फ गठबन्धनबाट एमालेकी झाँक्री, अपांगतातर्फ कांग्रेसका घिमिरे र अन्यमा कांग्रेसकै केसी निर्वाचित भएका हुन् ।
झाँक्रीले ६ हजार ३३० मतभार पाइन् । अपांगतातर्फ घिमिरे ५ हजार ३२२ मतभार प्राप्त गर्दै विजयी भए भने अन्यमा कांग्रेसकै केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०८२ १७:३९
प्रतिक्रिया दिनुहोस्



