एमाले र प्रलोपाबीच यी जिल्लामा चुनावी तालमेल
काठमाडौं : नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेलसम्बन्धी ३ बुँदे सहमति भएको छ । दुई दलबीच कर्णालीका १० जिल्लाहरुमध्ये हुम्ला र जुम्ला बाहेकका आठ जिल्लामा तालमेलको सहमति भएको हो ।
सहमति पत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपाको अध्यक्ष परिषद सदस्य दुर्गा सोबले हस्ताक्षर गरेका छन् । सहमति अनुसार रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा सन्दीप पुनलाई एमालेले सघाउनेछ ।
त्यस्तै कर्णालीका दाङ, रुकुम, रोल्पा रूकुम, प्यूठानका जिल्लामा एमालेका उम्मेदवारलाई प्रलोपाले सघाउने सहमति बनेको छ ।
प्रकाशित मिति: आइतबार, माघ ११, २०८२ १६:३९
प्रतिक्रिया दिनुहोस्



