नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काठमाडौं : नेपाली कांग्रेसको नवनिर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरुले शुक्रबार पार्टी कार्यलय सानेपामा पदभार ग्रहण गरेका हुन् ।

सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । पदाधिकारीहरुको पदभारग्रहण पछि केन्द्रीय समितिको बैठक शुरु भएको छ ।

उक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ । गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्बत रुपमा सभापति निर्वाचित भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update