नेपाल न्युज प्वाइन्ट डटकम
देशभर २ हजार ६ सय ५५ जनाले गराए उम्मेदवारी दर्ता, महिला उम्मेदवार ३०३ मात्र

काठमाडौं : अगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि तोकेको समयभित्र उक्त संख्यामा उम्मेदवारी दर्ता भएको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनकाअनुसार कतिपय जिल्लामा मनोनयन दर्ताको कार्य जारी नै रहेकोले यो संख्या बढ्नसक्ने बताए ।

उनकाअनुसार मनोनयन दर्ता गराउने महिलाको संख्या एकदमै न्यून रहेको छ । उनले मनोनयन दर्ता गराउनेमा २ हजार ३ सय ५२ जना पुरुष र ३ सय ३ जना मात्र महिला रहेको समेत बताए । उनले उम्मेदवारहरूको प्रारम्भिक नामावली मंगलबार साँझ ८ बजेभित्र प्रशासन हुने समेत जानकारी दिए । 

उनले बुधबार कार्यालय समयभित्र उम्मेदवारमाथि दाबी विरोध गर्न सकिने कार्यसूची रहेको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update