कांग्रेस सभापति गगन थापाले सर्लाही-४ मा वारेसमार्फत गराए उम्मेदवारी दर्ता
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । उनले वारेसमार्फत सर्लाही क्षेत्र नं. ४ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थापा टिकट वितरणमा व्यस्त भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
थापाका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित क्षेत्र नम्बर ४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघिका निर्वाचनमा काठमाडौं-४ बाट जित्दै आएका थापा यो पटक सर्लाही-४ मा उम्मेदवार बनेका हुन् ।
यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाठ अमरेशकुमार सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १७:३५
प्रतिक्रिया दिनुहोस्


