रुकुम पूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रचण्डले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
हरेक निर्वाचनमा नयाँ क्षेत्र रोज्दै आएका प्रचण्डले यसपटक रुकुमपूर्वबाट चुनाव लड्ने निर्णय गरेका हुन् । यसअघि २०७९ को आमनिर्वाचनमा उनी गोरखा–२ बाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १५:००
प्रतिक्रिया दिनुहोस्


