नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौं-४ मा सचिन तिमल्सिना बने कांग्रेस उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसले सचिन तिमल्सिनालाई काठमाडौं क्षेत्र नं. ४ को उम्मेदवार बनाएको छ ।

कांग्रेस सभापति गगन थापाले जित्दै आएको यस क्षेत्रबाट क्रिकेट कमेन्टेटर समेत रहेका तिमल्सिना उम्मेदवार बनेका हुन् ।

काठमाडौं-४ कै स्थानीय बासिन्दा तिमल्सिना युथ कंग्रेसका संस्थापक सभापतिसमेत हुन् । 

सभापति थापा यस पटक सर्लाही-४ बाट उम्मेदवार बन्ने भएपछि तिमल्सिनालाई टिकट दिइएको हो ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update