नेपाल न्युज प्वाइन्ट डटकम
बालेनले झापा-५ बाट गराए उम्मेदवारी दर्ता

झापा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । बालेनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा- ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । बालेनको उम्मेदवारीमा भूमिनन्द बराल प्रस्तावक र भेसराज भट्टराई समर्थक रहेका छन् ।

झापा-५ बाटै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराउँदै छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update