नेपाल न्युज प्वाइन्ट डटकम
योगेशले पाएनन् टिकट, ताप्लेजुङमा क्षितिज थेबे उम्मेदवार

काठमाडौं : नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष रहेका थेबेलाई एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यही क्षेत्रबाट चुनाव जित्दै आएका पार्टीका उपमहासचिव रहेका योगेश भट्टराई ताप्लेजुङमा उम्मेदवारका मुख्य दाबेदार थिए । तर पार्टीले उनलाई टिकट दिएन ।

शनिबारको पार्टीको सचिवालय बैठकमा ताप्लेजुङको उम्मेदवार बनाउने विषयमा ओलीलाई अधिकार दिइएको थियो । 

त्यसपछि भट्टराईले टिकट वितरणमा असहमति जनाउँदै पार्टी कार्यालयमा नोट अफ डिसेन्ट नै लेखेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update