नेपाल न्युज प्वाइन्ट डटकम
धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले आइतबार पदबाट राजीनामा दिएका हुन् ।

साम्पाङले उपप्रमुख समक्ष आफ्नो राजीनामा पत्र बुझाएका छन् ।

यसअघि आजै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका राजीनामा दिएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update