नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौं महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारीमा सुनिता डंगोल

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छन् ।

बालेन शाहले काठमाडौं महानगरको प्रमुख पदबाट राजीनामा दिएसँगै डंगोलले स्वतः कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन- २०७४ अनुसार उनले यो जिम्मेवारी पाएकी हुन् ।

ऐनमा मेयरले पदबाट राजीनामा दिएपछि रिक्त रहेको स्थानमा उपमेयरले कार्यवाहक भई कामकाज चलाउने स्पष्ट व्यवस्था रहेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा-५ बाट चुनाव लड्ने तयारीमा छन् ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update