नेपाल न्युज प्वाइन्ट डटकम
नारायणकाजीसँगै वामदेव र भगवतीले पनि दिए राष्ट्रिय सभा सदस्यबाट राजीनामा

काठमाडौं : राष्ट्रिय सभा सदस्यद्वय वामदेव गौतम र भगवती न्यौपानेले पनि पदबाट राजीनामा दिएका छन् । 

यसअघि आजै राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पनि राजीनामा दिएका थिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नका लागि तीनै जनाले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका हुन् ।

उनीहरूले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।

नेकपाका नेता श्रेष्ठ सर्लाही ३ बाट उम्मेदवार बन्दैछन् भने नेकपाका वामदेव बर्दिया १ र एमालेकी न्यौपाने तनहुँ १ बाट उम्मेदवारी बन्ने तयारीमा छन् ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update