नेपाल न्युज प्वाइन्ट डटकम
गगन-विश्वलाई कारबाहीपछि भृकुटीमण्डपमा देउवाविरुद्ध नाराबाजी

काठमाडौं : नेपाली कांग्रेस संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्ला मनसुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेसँगै विशेष महाधिवेशनस्थलमा कार्यकर्ताहरू आक्रोशित बनेका छन् ।

विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा सभापति शेरबहादुर देउवाविरुद्ध चर्को रूपमा नाराबाजी गर्दै उनीहरूले सभापतिमा गगन थापालाई निर्वाचित गरेर अगाडि बढ्न माग गरेका छन् ।

पार्टी कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपास्थित कांग्रेस कार्यालयमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा र शर्मालाई कारबाही गरेको हो ।

यता विशेष महाधिवेशनअन्तर्गत आजै राति ८ बजेदेखि नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update