नेपाल न्युज प्वाइन्ट डटकम
सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं : राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)का संयोजक सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

सायमी चर्चित गुठी आन्दोलनका नेता हुन् । त्यसैगरी उनले काठमाडौंमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आएका छन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढने संकल्पसहितको समझदारी गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update