कांग्रेस विशेष महाधिवेशन : संशोधित कार्यतालिका सार्वजनिक, मतदान राति ८ बजे
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका संशोधन गरेर सार्वजनिक गरिएको छ ।
महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।
समितिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
त्यसमा दाबी विरोधका लागि साढे ४ बजेसम्म उजुरी दिन सकिनेछ । त्यसमा ५ बजेसम्म छानबिन गरी साँझ ५:०५ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गर्ने कार्यक्रम छ ।
त्यस्तै उम्मेदवारी फिर्ताको समय ५:०५ बजेदेखि साँझ साढे ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।
अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुनेछ । राति ८ बजेदेखि राति ११ बजेसम्म मतदानको समय तोकिएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२ १५:१८
प्रतिक्रिया दिनुहोस्


