नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनअन्तर्गत बिहान ११ बजे सकिएको मनोनयन दर्ता अनुसार महामन्त्रीमा शर्मा र पौडेलको मात्रै उम्मेदवारी परेको हो ।

सहम‍हामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन् । 

सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update