कानुनी परामर्शमा गगन-विश्व
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग सहमति नभएपछि महामन्त्रीद्वय थापा र शर्माले कानुनविद्हरूसँग छलफल अघि बढाएका हुन् ।
विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछिको प्रक्रियाका लागि उनीहरूले कानुनविद्हरूसँग छलफल गरेका हुन् ।
सो अवसरमा विशेष महाधिवेशनले गर्ने नेतृत्व चयन र निर्वाचन आयोगमा हस्ताक्षर अद्यावधिक गर्ने लगायत विषयमा छलफल भएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२ १२:१६
प्रतिक्रिया दिनुहोस्


