कांग्रेस विशेष महाधिवेशन : सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ ।
बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन । सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन् ।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकियो र दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२ १२:१४
प्रतिक्रिया दिनुहोस्


