नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस विशेष महाधिवेशन : गगन-विश्वको प्रतिवेदन पारित

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ ।

बन्दसत्रको हलमा सोमबार महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन तथा महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।

उक्त प्रतिवेदनहरूमाथि समूहगत छलफल भएर टोली नेताले निष्कर्ष सुनाएलगत्तै मंगलबार बन्दसत्रबाट उक्त प्रतिवेदनहरू पारित भएका हुन् ।

महामन्त्रीद्वयको प्रतिवेदन पारित भएसँगै आजकाका लागि बन्दसत्र सकिएको प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update