नेपाल न्युज प्वाइन्ट डटकम
नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनको माग गर्दै नाराबाजी भएको छ ।

विशेष महाधिवेशन पक्षधरका प्रतिनिधिहरूले नयाँ नेतृत्व चयनको माग गर्दै नाराबाजी गरेका हुन् ।

प्रतिनिधिहरूले 'केन्द्रीय कार्यसमिति भंग गर', 'नयाँ नेतृत्व चयन गर' लगायतका नारा लगाएका छन् ।

उनीहरूले संस्थापन पक्षसँग गर्ने सहमति नमान्ने समेत बताएका छन् ।

कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान भएको विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने दबाब बढेको हो ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update