नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्यो, आजै मतदान

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज काठमाडौंको भृकुटीमण्डपमा मतदान हुने भएको छ । पार्टी विधान, नियमावली तथा विशेष महाधिवेशनसम्बन्धी कार्यविधि र निर्वाचन निर्देशिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढाइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

विशेष महाधिवेशनमार्फत निर्वाचित हुने केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न मंगलबार बिहान केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा काठमाडौंस्थित निर्वाचन समितिको कार्यालयमा बैठक बसेको थियो । सो बैठकले सम्पूर्ण निर्वाचन कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै औपचारिक रूपमा निर्वाचन प्रक्रिया सुरु गरेको हो ।

विशेष महाधिवेशन पार्टीभित्र देखिएको संगठनात्मक र नेतृत्वसम्बन्धी विवाद समाधान गर्ने उद्देश्यसहित आयोजना गरिएको हो । यसैक्रममा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएपछि कांग्रेसले १५औँ महाधिवेशनतर्फ जाने प्रक्रिया थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भइसकेको निर्वाचन समितिले जनाएको छ। भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदानस्थल र गणनास्थलमा आवश्यक प्राविधिक तथा प्रशासनिक संयन्त्र परिचालन गरिएको छ ।

nirbachan-samitee-1768288732.jpg
 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update