कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति भंग, सीताराम केसीको नेतृत्वमा नयाँ गठन
काठमाडौँ : नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले नयाँ निर्वाचन समिति गठन गरेको छ ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट सीताराम केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हो ।
यसअघिको समिति भंग गरेर केसीको संयोजकत्वमा नयाँ समिति गठन गरिएको हो । यसअघि पार्टीले खम्बबहादुर खाँतीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो ।
समितिको सदस्यहरुमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२ ११:४०
प्रतिक्रिया दिनुहोस्


