कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
मंगलबार बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा आमन्त्रित केन्द्रीय सदस्य तथा सातै प्रदेशका सभापतिलाई बोलाइएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा जारी रहेको विशेष महाधिवेशनका कारण पार्टी विभाजनको जोखिम बढिरहेका बेला बैठक बोलाइएको हो ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०८२ १९:३०
प्रतिक्रिया दिनुहोस्


