कांग्रेस विशेष महाधिवेशन लम्बियो
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आइतबारदेखि भृकुटीमण्डमा जारी विशेष महाधिवेशनको बन्दसत्र मंगलबारसम्म लम्बिने भएको छ ।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो ।
विशेष महाधिवेशन आयोजक समितिका अनुसार मंगलबारको बन्दसत्रमा नेतृत्वलगायतका विषयमा निर्णय लिनसक्ने बताइएको छ ।
बन्दसत्रमा आज सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर छलफल भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०८२ १८:२५
प्रतिक्रिया दिनुहोस्


