नेपाल न्युज प्वाइन्ट डटकम
बन्द सत्रमा कांग्रेस प्रतिनिधिहरूको चहलपहल, बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमारले गर्ने

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको अध्यक्षता ज्येष्ठ प्रतिनिधि काठमाडौं-८ का प्रतिनिधि श्यामकुमार खड्काले गर्ने भएका छन् ।

महाधिवेशन प्रतिनिधिमध्येका ज्येष्ठ ८८ वर्षका खड्काले विशेष महाधिवेशन बन्द सत्रको अध्यक्षता गर्ने प्रचार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए ।

बन्दशत्रको सञ्चालन कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले गर्ने पोखरेलले जानकारी दिए ।

बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव र विश्वप्रकाश शर्माले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।

प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिने र टोली नेताले छलफलको निष्कर्ष राखेर निर्णय लिइने पोखरेलले बताए ।

बन्दसत्रका लागि बिहानैदेखि भृकुटीमण्डपमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको चहलपहल बढेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update