नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेस दास र लासहरूको पार्टी होइन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस दास र लासहरूको पार्टी नभएको बताएका छन् ।

आइतबार साँझ भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेस जिउँदा जाग्दा मानिसहरूको पार्टी भएको बताएका हुन् ।

उनले कांग्रेस कुनै बा को पार्टी नभएको समेत बताए ।

‘कांग्रेस दास र लासहरूको पार्टी होइन । यो जिउँदा मान्छेहरूको पार्टी हो । यहाँ कुनै बा छैन, जसले नबोल् भन्दा चुप्प लाग्नुपर्छ । यहाँ सबैको हैसियत बराबर छ’ थापाले भने ।

उनले कांग्रेसमा प्रश्नलाई निषेध नरहेको पनि बताए ।

‘जसले प्रश्न गर्न सक्दैन, उसले उत्तर पनि खोज्न सक्दैन’, थापाले भने, ‘जसले प्रश्न गर्न सक्दैन, उसले समाजलाई उत्तर दिन पनि सक्दैन’, थापाले भने ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update