काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस मात्रै नभएर देशैलाई बदल्ने संकल्पमा आफूहरू विशेष महाधिवेशनको मैदानमा खडा भएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई आइतबार भृकुटीमण्डपममा सम्बोधन गर्दै उनले पार्टी मात्रै बदल्ने विशेष महाधिवशेन नमागेको बताए ।
‘कांग्रेस मात्रै बदल्न हामी यहाँ आएका होइनौँ । हामी बदलिन पनि सक्छौँ । बदल्न पनि सक्छौँ । अनि देशलाई समुन्नतिमा अगाडि बढाउन सक्छौँ भन्नेमा प्रण गर्छौं । त्यसैले कांग्रेस र देशलाई सँगै बदल्न हामी मैदानमा आएका हौँ,’ शर्माले भने, ‘घर निवास, भन्दा नेपाली नेपालीको मन जलेको छ । यसैले हामी मन जोड्न आएका हौँ । भवन जोड्ने मात्रै होइन, मन जोड्नसमेत हामी विशष महाविधेशनमा जोडिएका हौँ ।’
मौसम खराबी भएपछि यसलाई अनुकूलतामा बदल्न र विकसित गर्न आफूहरू मैदानमा ओर्लिएको उनको भनाइ छ । लामो समय पोखरी जसरी जमेको नेतृत्वको अप्राकृतिक स्थितिलाई आफूहरूले खोल्न चाहेको उनको भनाइ छ ।


