नेपाल न्युज प्वाइन्ट डटकम
रुकुमपूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुनमा हुने निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

रुकुम पश्चिममा आयोजित पार्टी एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जनयुद्धकालदेखि नै रुकुमसँग आफ्नो गहिरो राजनीतिक तथा भावनात्मक सम्बन्ध रहेको उल्लेख गरे । जनताको आग्रह र समर्थनका आधारमा आफूले रुकुम पूर्वबाट चुनाव लड्ने निर्णय गरेको उनले बताए ।

‘रुकुम जनआन्दोलन र परिवर्तनको ऐतिहासिक भूमि हो,’ प्रचण्डले भने, ‘त्यही भूमिबाट पुनः जनताको प्रतिनिधित्व गर्दै संसदमा पुग्ने मेरो चाहना छ ।’

उनले आगामी निर्वाचनलाई परिवर्तन, सुशासन र सामाजिक न्यायको पक्षमा निर्णायक बनाइने दाबी गर्दै पार्टी संगठनलाई अझ सुदृढ र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update